जसपाले आज मधेश प्रदेश संसदीय दलको नेता चयन गर्दै

0
16

पुस २२ गते,जनकपुरधाम।

जनता समाजवादी पार्टी (जसपा)ले मधेश प्रदेशको संसदीय दलको नेता आज (शुक्रबार) चयन गर्ने भएको छ ।

जनकपुरधाम स्थित प्रदेश पार्टी कार्यालयमा बिहीबारबाट सुरु भएको बैठकमा दलको नेताको लागि सबभन्दा पहिले प्रदेशको विधान पारित गरेको छ ।

बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित गरेको जसपा नेता लालकिशोर साहले बताए ।

आज संसदीय दलका नेता चयन गर्ने कार्यक्रम रहेको नेता साहले बताए । मधेस प्रदेशमा जसपाका प्रत्यक्ष तथा समानुपातिकतर्फ गरेर १६ प्रदेशसभाका सदस्य रहेका छन् ।

संसदीय दलका नेताका लागि वर्तमान मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोजकुमार यादव र रामअशिष यादवको नाम चर्चामा रहेको र शुक्रबार नेता चयन गर्न सर्वसम्मत निर्णयका लागि प्रयास गर्ने र सहमति नभएको खण्डमा चुनाव गरिने समिति संयोजक साहले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here