मिडिया र पत्रकारको समिक्षा हुनु आवश्यक

0
17

पुस २१ गते,जनकपुरधाम ।
पत्रकार र सञ्चारमाध्यम अनावश्यक रुपमा विस्तार भइरहेको भन्दै कत्ति आवश्यक छ भन्ने समिक्षा हुनुपर्ने जनकपुरधामका पत्रकारहरुले बताएका छन ।

मिडिया काउन्सिलद्वारा आयोजित पत्रकार, सञ्चारमाध्यमको अवस्था र आचारसंहिता पुस्तक वितरण कार्यक्रममा बोल्दै जनकपुरधामका पत्रकारहरुले पत्रकार र सञ्चार माध्यम अनावश्यक रुपमा विस्तार भइरहेको भन्दै सिमित र कति आवश्यक भन्ने विषयको समिक्षा हुनुपर्ने बताएका छन् ।

पार्टी त पार्टी अव त नेता, जनप्रतिनिधी सहितकाले समेत आफनो स्वार्थका लागि मिडिया र पत्रकार निर्माण गर्न थालेपछि वास्तिवक पत्रकार उनको पेशा धरापमा पर्ने अवस्था आएको उनीहरुको गुनासो थियो । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्णले कुनै घटना हुँदा महासंघ संग मात्र अपेक्षा गर्ने र विरोध गर्ने परम्परा रहेको भन्दै महासंघमा नेतृत्व स्थापित गर्ने दलका पत्रकार संगठनहरु समेत त्यस घटनामा न्यायका लागि अगुवाई गर्नुपर्ने बताए ।

सो अवसरमा काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, सदस्यहरु, सञ्चार माध्यम र पत्रकार महासंघका पदाधिकारीहरु सहित पत्रकारहरुको उपस्थिती रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here