एमाले मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव,उपनेतामा ठाकुर चयन

0
9

पुस २० गते,जनकपुरधाम ।

नेकपा एमाले मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज कुमार यादव चयन भएका छन् ।

बुधवार विहान जनकपुरधाममा बसेको पार्टी कमिटीको बैठकले यादवलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । त्यस्तै, दलको उपनेतामा भने धनुषाका दिपेन्द्र ठाकुर चयन भएका हुन् ।

मंगलबारदेखि जारी बैठकमा आकांक्षीहरु बढी भएको र दलको नेताका लागि सबैले आ–आफ्नै दाबी प्रस्तुत गरिरहँदा सहमति नजुटेपछि बुधवार बिहान पुनः बसेको बैठकबाट दलको नेतामा सहमति जुटेको बताइएको छ ।

नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका नेता यादव महोत्तरी क्षेत्र नं४ (क) बाट निर्वाचित भएका हुन् । उपनेता ठाकुर भने धनुषा ३ (ख) बाट निर्वाचित भएका हुन ।

दलको नेताका लागि रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदा देवी थापा लगायतकाहरु दाबेदार थिए ।

मधेस प्रदेश सभामा नेकपा एमालेका २३ जना सांसद निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here