पुस १५ गते,जनकपुरधाम ।
नेपाली कांग्रेसले मधेशबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सांसद्हरूलाई सम्मान गरेको छ । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले शुक्रबार जनकपुरधाममा कार्यक्रम गरी मधेशबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएका सांसद्हरूलाई सम्मान गरेको हो ।
उनीहरूलाई मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले गम्छा ओढाएर सम्मान पत्र हस्तान्तरण गर्नुभयो । उहाँले निर्वाचित सांसद्हरूलाई बधाई दिनुभएको थियो । नेपाली कांग्रेस मधेश कार्यसमितिले प्रतिनिधिसभाका ११ र प्रदेशसभाका २२ सांसद्लाई सम्मान गरेको हो ।
कार्यक्रममा विमलेन्द्र निधि लगायतका नेताहरुको सहभागीता रहेको थियो । निधीले पार्टीको पुर्व मधेश संसदिय दलका नेता राम सरोज यादवले राम्ररी पार्टी र संसदमा आफनो भुमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए । उनले आगामि कार्यकालमा मधेशको कृषि क्षेत्रलाई प्राथमिकतमा राखेर काम गर्न नेता र सांसदहरुलाई आग्रह गरेका छन् ।