पुस १४ गते,जनकपुरधाम।
जनकपुरधामसहित तराई मधेसमा जाडो अत्याधिक बढेपछि व्यापार संघको अगुवाईमा चौक–चौकमा दाउरा वितरण गरिएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाईमा जनकपुरधामको विभिन्न ६ स्थानमा जाडो छल्न दाउरा वितरण गरिएको हो ।
उद्योग वाणिज्यसँगै जनकपुरधाम उपमहानगरपालिका, सुरक्षा निकायले दाउरोको व्यवस्थापन गरेको हो ।
उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले अहिले जनकपुरधामको ६ स्थानमा दाउरा बाल्ने व्यवस्थापन मिलाएको बताए । सडक खराब नहुनेगरी आगो बाल्नका लागि व्यवस्था मिलाइएको उनले बताए ।