पुस १४ गते,जनकपुरधाम।
नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको नेतामा पार्टीका प्रदेश सभापति कृष्ण प्रसाद यादव निर्वाचित भएका छन्।
बिहिबार भएको निर्वाचनमा कृष्णले १८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी रामसरोज यादवले ४ मत पाए।
प्रदेशसभामा नेपाली कांग्रेसका प्रत्यक्ष र समानुपातिक गरी २२ जना सांसद छन्।
सर्वसम्मत रुपमा सहमति नजुटेपछि संसदीय दलको नेताका लागि निर्वाचन भएको हो ।