राजनीतिमा सक्षम र सबल महिला आउनुपर्नेमा जोड

0
16

मंसिर २५ गते,जनकपुर ।
राजनीतिमा सक्षम र सबल महिला आउनुपर्नेमा, २ शब्द बोल्न र लेख्न न जान्नेहरुको बिगबिगीले विभिन्न समस्याहरु देखापरेको एक कार्यक्रममा वक्ताहरुले गुनासो गरेका छन ।

१६ दिने लैगिंक हिंसा अभियान अन्तर्गत जनकपुरधाममा समपन्न राजनीतिमा महिलाको अर्थपुर्ण सहभागिताका लागि सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रियामा सक्षम महिला राजनीतिमा न आएकै कारणले पालिकाहरुमा विभिन्न समस्याहरु उतपन्न हुने गरेको मुखियापट्टी गाउँपालिकाका अध्यक्ष जय कुमार यादवले गुनासो गरेका हुन ।

मान्डवीले आयोजना गरेको उक्त अन्तरक्रियाममा पालिका उपप्रमुख प्रायः महिला नै हुनेगरेकोमा आफ्नो काम,कर्तव्य र अधिकारको विषयमा जानकारी नै न राखी प्रमुखको कामममा हस्तक्षेप गर्ने गरेको आरोप लगाए प्रमुख यादवले लगाए ।

महिलाले नेतृत्व लिन्छौ भनेर अगाडी आए म स्वागत गर्न तयार छु भन्दै प्रमुख यादवले सक्षम र सबल महिलाको आवश्यकता आजको राजनीतिमा रहेको बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख संगिता ठाकुरको अध्यक्षतामा समपन्न सो कार्यक्रममा विभिन्न वडाका सदस्य,राजनीतिक दलका प्रतिनिधि,अधिकारकर्मी,पत्रकार लगायत २ दर्जन व्यक्तिहरुको सहभगिता रहेको थियो।

वक्ताहरुले महिला सबल र सक्षम हुन अवसर दिनुपर्ने तथा राजनीतिमा त्यस्तै सक्षम महिलालाई सहभागी गराउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण पार्वती भट्टराई र सम्झना वर्माले गरका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here