सरकार बनेको तीन महिनाभित्र नागरिकताबारे निर्णय नभए आन्दोलन गर्छौः महासेठ

0
16

मंसिर १६ गत्ते,जनकपुरधाम ।

प्रदेश सभा तथा प्रतिनिधिसभाको चुनाव हुनु अघि ‘एक हाथमा सिन्दूर अर्को हाथमा नागरिकता सम्भव न रहेको ’ अभिव्यक्ति दिने नेकपा एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्र जन्मसिद्ध नागरिकका छोराछोरीहरुलाई नागरिकता दिने निर्णय नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार बिहान धनुषामा आयोजित पत्रकार सम्मेलनमा महासेठले भने, ‘जन्मसिद्ध नागरिकका छोराछोरीले अविलम्ब नागरिकता पाउनुपर्छ । यदि तीन महिनाभित्र अब बन्ने सरकारले निर्णय गरेन भने नेकपा एमालेको नेतृत्वमा हामी देशव्यापी आन्दोलन गर्छौं ।

धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित महासेठले नागरिकताबारे निर्णय नभएसम्म आन्दोलन जारी राख्ने पनि बताए ।

नागरिकता नपाएर करिब ६÷७ लाखजना पढ्न र जागिर गर्नबाट बन्चित भएको भन्दै उनले उनीहरुले अविलम्ब नागरिकता पाउनुपर्ने बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here