मंसिर ९ गत्ते,जनकपुरधाम ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन माण्डवीले दीप प्रज्वलन गरी मनाएको छ ।
शुक्रबार जनकपुरधामको जनकचोकमा आयोजित दीप प्रज्वलनमा विभिन्न संघ संस्थासँग आवद्ध महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।
“सभ्य समाजको पहिचान लैंगिक हिंसा विरुद्धको अभियान” नाराका साथ सुरु भएको १६ दिने अभियान सफल पार्न लैंगिक हिंसा नगर्न नगराउन सबै प्रतिबद्ध हुनुपर्छ मान्डवी संस्था धनुषा–महोत्तरीकी कार्यक्रम अधिकारी प्रियंका ठाकुरले बताइन ।
कार्यक्रममा उपस्थित सम्पूर्णले औरहीकी नेहा चौधरी र उनीसँग पढेलेखेका उनका चिकित्सक पतिले गरेको दुव्र्यवहारको आलोचना गरेका थिए ।
शिक्षा र चेतनाको कमी भएको समाजमा दाइजोको कारण कुटपिट तथा दुव्र्यवहार हुने गरेको थुप्रै घटनाहरु रहे पनि एकजना चिकित्सकले दाइजोकै कारणले आफ्नो श्रीमतीलाई दिएको यातना निन्दनीय रहेको भन्दै यस्ता घटना दोहोरिन न दिन सबै आ आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिए ।
उपस्थित सम्पूर्णले हिंसा गर्ने जो कोही भएपनि कडा भन्दा कडा सजायको माग गरेका थिए ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि १० डिसेम्बर सम्म विभिन्न सचेतना मुलक कार्यक्रमहरु गरी विभिन्न संघ संस्थाले मनाउने गर्दछन ।