धनुषा ३ (२) मा दिपेन्द्र ठाकुर विजयी

0
84

मंसिर ९ गते,जनकपुरधाम।

धनुषाको क्षेत्र नं. ३ प्रदेशसभा (२) बाट नेकपा एमालेका उम्‍मेदवार युवा नेता दिपेन्द्र कुमार ठाकुर निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी परमेश्वर साह सुडीलाई १ हजार ४०३ मतान्तरले हराउँदै ठाकुर निर्वाचित भएका हुन् ।

ठाकुरले ८ हजार २२० मत पाउँदा साहले ६ हजार ८१७ मत पाएका छन् ।

यस्तै जनमत पार्टीका राम बाबु साह कलवारले ३ हजार ४२९ मत, तराई मधेश लोकतान्त्रिक पार्टीका मोहम्मद असगर अली राइनले ३ हजार २११ मत र स्वतन्त्र उम्‍मेदवार हरि शंकर साहले १ हजार ४९० मत ल्‍याए ।
यस क्षेत्रबाट २०७४ मा परमेश्वर साह तत्कालिन राजपा नेपालबाट निर्वाचत भएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here