मंसिर ८ गत्ते,रौतहट ।
नेकपा एमालेको टिकट त्यागेर स्वतन्त्र रुपमा उठेका प्रभु साहले रौतहट ३ बाट जित निकालेका छन् । उनले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाशलाई पराजित गरेका छन ।
साहले ३२ हजार ४३७ मत पाए । उनका निकट्तम प्रतिद्धन्दी अोमप्रकाशले २५ हजार २०० मत ल्याएका छन् । यस्तै माओवादी केन्द्रका रवीन्द्र पटेलले ८ हजार ४५८ मत प्राप्त गरे ।
नेकपा एमालेको शीर्ष नेतृत्वमा रहेका साह चुनावका बेला पार्टी छाडेर स्वतन्त्र रुपमा उठेका थिए ।