मंसिर ८ गत्ते,धनुषा ।
धनुषा क्षेत्र नं २ को (२) मा जनता समाजवादी पार्टीका रामअशिष यादव दोस्रो पटक निर्वाचित भएका छन्।
मधेस प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका यादव १० हजार ६१४ मत ल्याएर निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका श्याम कुमार यादवले ९ हजार ५६६ मत ल्याए।
यस्तै, नेकपा एमालेका संजीव कुमार सुरजले ९ हजार २०४ मत ल्याए।