उपत्यकामा रास्वपाको ५ स्थानमा जित,तोसिमा १८ हजारभन्दा बढी मतले विजयी

0
9

मंसिर ८ गत्ते, काठमाडौँ ।

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्की विजयी भएकी छिन् । उनले निकटतम् प्रतिस्पर्धीलाई १८ हजारभन्दा बढी मतले हराएकी हुन् ।

कार्की ३१ हजार १ सय ३६ मतसहित विजयी भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अमृत खड्काले १२ हजार ९ सय ६३ मत ल्याए । त्यस्तै ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७ सय ६९ मत ल्याइन् ।

योसँगै काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टीले ५ स्थानमा जित हात पारेको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं(२ मा सोबिता गौतम, काठमाडौं(६ मा शिशिर खनाल, काठमाडौं(७ मा गणेश पराजुली, काठमाडौं(८ मा विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here