धनुषामा ६२ प्रतिशत मत खस्यो,चार स्थानमा मतगणना हुने

0
30

मंसिर ४ गत्ते,जनकपुरधाम ।

धनुषा जिल्लामा ६२ प्रतिशत मत खसेको छ ।

जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको निर्वाचनमा ६२ प्रतिशत मत खसेको हो ।

धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जिल्लाको चारवटै निर्वाचन क्षेत्र मिलाएर ६२ प्रतिशतसम्म मतदान भएको जानकारी दिए ।
यता धनुषा जिल्लाका चारवटै निर्वाचन क्षेत्रहरूको मतगणना फरक–फरक चार ठाउँमा हुने भएको छ ।
जिल्लाको क्षेत्र नम्बर–१ को सबैलामा, क्षेत्र नम्बर–२ को औरहीमा, क्षेत्र नम्बर–३ को जनकपुरधाममा र क्षेत्र नम्बर–४ को महेन्द्रनगरमा मतगणना हुने धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

उनले सबै मतगणनास्थलहरूमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको बताए ।

मुख्य निर्वाचन अधिकारी प्याकुरेलले मतपेटिका संकलनको काम भइरहेको र सम्पूर्ण प्रक्रिया पूरा गरी आजै रातिबाट मतगणना सुरु गर्ने तयारी भइरहेको जानकारी दिए ।

मतदान सकिएर मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि सर्वदलीय बैठक गरेर आजै रातिदेखि मतगणना सुरु गरिने भएको छ ।

मतगणनाको लट लटको परिणाम सार्वजनिक गर्नका लागि माइक तथा स्पिकर पनि राखिएको उनले बताए ।

जिल्लाको ३२३ मतदानस्थलका ६०६ मतदान केन्द्रमार्फत बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

यस जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ मतदाता रहेका छन् ।

जिल्लामा अतिसंवेदनशिल १९४, संवेदनशिल १११ र १७ वटा सामान्य मतदानस्थल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here