मंसिर १ गते,महोत्तरी ।
महोत्तरीको गौशालामा एक एकल महिलाले सिफारिस कागजात वडाअध्यक्षले च्यातेको आरोप लगाएकी छिन ।
गौशाला नगरपालिका वडा नं १२ का वडाध्यक्ष कुशेश्वर सिंहले एकल महिला भत्ताका लागि आफ्नो सिफारिस कागजात च्यातेको आरोप लगाएकी छन् ।
गौशाला नगरपालिका १२ परडियाका स्वर्गीय कैलाश राउतकी श्रीमती बिन्दा देवी राउतले वडाध्यक्ष सिंहमाथि यस्तो आरोप लगाएकी हुन् । बिन्दाकी श्रीमानको केही वर्षअघि हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।
राज्यबाट उनले एक्ल महिला भत्ता सुविधा पाउने गरेकी छन् । पछिल्लो समय उनको भत्ता बैंकले रोकेको छ । उनले सोही विषयमा पुराना कागजात लिएर वडाध्यक्ष सिंह समक्ष पुगेकी थिइन् । सो कागजात च्यातिदिएको पीडित महिलाको आरोप छ । अब वडाकार्यालयबाट दिएको कार्ड बैंकमा पेश गर्नुपर्ने प्रावधान रहेको छ ।
यता वडाध्यक्ष सिंहले एकल महिलाले आफूमाथि लगाएको आरोप झुटो रहेको दावी गरेका छन् । उनले तीनवटा कागजात त्यसमा संलग्न गरी स्टीज गरिएको र स्टीज उप्काउने बेला माथि रहेको कागजात थोरै च्यातिएको बताए ।