कार्तिक २७ गत्ते,जनकपुरधाम ।
जनकपुरियन लेडिज समुहको संयोजनमा नेपाली कांग्रेस समानुपातिक प्रचार प्रसार समितिले मतदाता साक्षात्कार कार्यक्रम भव्य रुपमा समपन्न गरेको छ ।
आईतबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ धानुक कुट्टीमा आयोजित साक्षात्कार कार्यक्रममा सयौं महिलाहरुको सहभागिता रहेको थियो । साक्षात्कार कार्यक्रममा उपस्थित महिलाहरु विकास,रोजगारी सम्बन्धी गुनासो गरेका थिए भने,गुठीको जग्गामा घर बनाएर बसेकाहरुले विद्युत प्राधिकरणले मिटर न दिएको गुनासो गर्दै आफुहरुको मतले जितेर गएका जनप्रतिनिधिले कहिल्यै फर्केर न हेर्ने बानी बसेको भन्दै दुखेसो पोखेका थिए ।
उपस्थित महिलाहरुको पिडामा मलहम लगाउन एकपटक प्रतिनिधिसभा र प्रदेशसभामा सत्तासिन दल ५ दलीय गठबन्धनलाई प्रत्यक्ष तर्फ तथा समानुपातिकमा नेपाली कांग्रेसलाई मत दिन नेताहरुले आग्रह गरेका थिए ।
साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका सदस्य जिवनाथ चौधरी,समानुपातिक प्रचारप्रसार समिति बाट निनु कर्ण,नेता,कार्यकर्ता तथा वडा नम्बर ८ को सयौं महिलाहरुको उपस्थिति रहेको थियो ।