कार्तिक २० गत्ते,जनकपुरधाम ।
कविकोकिल विद्यापतिको महोत्तरी बनौलीस्थित रहेको अद्भुद र महत्वपुर्ण डिहलाई भव्य र आकर्षक बनाउने नेपाली कांग्रेसका पुर्व उपसभापति तथा केन्द्रिय सदस्य बिमलेन्द्र निधिले प्रतिबद्धता व्यक्त गरेका छन ।
आईतबार विद्यापति स्मृति दिवसको अवसरमा जनकपुरधामको विद्यापति चोकमा आयोजित कार्यक्रममा विद्यापति जस्ता महान कवि,रचनाकार,भगवान उगना शंकरका भक्तको डिह भव्य बन्न नसकेकोमा चिन्ता व्यक्त गर्दै छिट्टै नै डिह भव्य र आकर्षक बनाउन पहल गर्ने नेता निधिले प्रतिबद्धता व्यक्त गरेका हुन ।
“कर्म नै धर्म हो,कर्म नै मर्म हो,कर्म नै जात हो,जीवनका हरफ पनि कर्मबाटै सुरु हुन्छ ”भन्दै नेता निधिले आफ्नो जत्तिसुकै विरोध भएपनि,पुत्ला नै दहन भएपनि सतकर्मबाट आफु कहिल्यै पछाडि न हट्ने बताउनुभयो ।
स्वर्गद्वारीका निर्माता पवन सिंघानियाबाट प्रेरित भएर विद्यापतिको डिह निर्माण गर्न कोहि तत्पर छन भने अगाडी आउन आग्रह गर्दै नेता निधिले आफ्नो सहयोग त्यस्ता अभियानीसँग सदैव रहने विश्वास दिलाए ।
विद्यापतिको जीवनीबाट आफ्नो मनमा उँहाप्रतिको २ प्रकारको छवि आएको बताउँदै नेता बिमलेन्द्र निधिले भने एउटा त प्रेम रस र अर्को क्रान्तिकारिता अर्थात सामाजिक रुपान्तरणमा विद्यापतिको योगदान छुवाछुत तथा भेदभावको विद्रोहमा रहेको देखाउँदछ । उनको कविता,गीतहरुले प्रेम,सद्भाव कायम गर्न तथा समाजमा रहेका कुरितीलाई जडोबाट हटाउन सन्देश दिने गरेको नेता निधिले बताए ।
कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का नेपाली कांगेस तथा लोसपा गठबन्धनका उम्मेदवार अनिल झा,धनुषा ३(२) का उम्मेदवार प्रमेश्वर साह विशिष्ट अतिथिका रुपमा उपस्थित भएका थिए भने नेता स्मृति नारायण चौधरी,राजु चौधरी,चन्द्रमोहन चौधरी,गणेश तिवारी,किरण झा लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रमको अध्यक्षता युवा अमित झाले गरेका थिए ।
कार्यक्रममा कवि काशिकान्त झा,पूनम झा,किरण झा र सुनिल मल्लिकले कविता वाचन तथा गीत गाएर कवि विद्यापतिप्रति सम्मान व्यक्त गरेका थिए ।
नेपाली काँग्रेसका समानुपातिक उम्मेदवार नेता निधिले प्रत्यक्षतर्फका मतपत्र तथा समानुपातिकका मतपत्रको विषयमा स्पष्ट पार्दै मतदातालाई समानुपातिकमा रुख छापमा मत हाल्न अपिल गरेका थिए ।