मिथिला र मैथिलीको श्रीवृद्धिका लागि दत्तचित्त भएर लाग्ने छुः दिपेन्द्र ठाकुर

0
32

कार्तिक १९ गत्ते,जनकपुरधाम ।

मिथिला र मैथिली साहित्यप्रति उद्गार व्यक्त गर्दै धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (२) का एमालेका प्रदेशसभा सदस्यका उम्मेदवार दिपेन्द्र ठाकुरले यसका श्रीवृद्धिका लागि आफु दत्तचित भएर लाग्ने प्रतिबद्धता जनाएका छन ।

मैथिली साहित्य समाज जनकपुरधामद्वारा आयोजित मासिक कवि गोष्ठीलाई सम्बोधन गर्दै उम्मेदवार ठाकुरले मैथिली साहित्यको उत्थान र विकासका लागि सदैव तत्परताका साथ काम गर्ने बताएका हुन ।

उनले कुनै समयमा विद्या र वैभवको भूमिको रुपमा चिनिने मिथिला क्षेत्र अहिले पछाडी पर्दै गएकोमा चिन्ता समेत व्यक्त गरे । यहाँको भाषा संस्कृतिको विकासका लागि कामहरु भएपनि विशेष कार्य गर्न अझ बाँकी रहेको बताए ।

साहित्य विधालाई उकास्न कुनै एक पक्षको प्रयासबाट मात्र नहुने जिकिर गर्दै यसको उन्ननयनको लागि स्वयं साहित्यिक क्षेत्रमा लागेकाहरुकाले पनि ध्यान दिनुपर्ने सुझाव दिए । उनले सक्षम र योग्य उम्मेदवारको छनौटका लागि समाजलाई ऐना देखाउन साहित्य समाजलाई आग्रह गरे ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here