चुनावी सरगर्मी तीव्रः धनुषा क्षेत्र नंं ३ बढी चर्चामा

0
113

कार्तिक १७ गत्ते,जनकपुरधाम ।
छठ पर्वको समापनसँगै धनुषामा मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावी सरगर्मी तीव्र बनेको छ ।

निर्वाचन आयोगले चुनावको प्रचार प्रसारका लागि १७ गते देखि छुट दिएपछि उम्मेदवारहरू प्रचारको शैलीका लागि तयारी गरिरहेका छन् । खास गरेर पत्र पत्रिका, रेडियो, टेलिभिजन तथा माइकिङ मार्फत चुनावको प्रचार गर्नका लागि तयारी गरिरहेका छन् । धनुषा जिल्लामा रहेको रहेको ४ प्रतिनिधि सभा तथा ८ वटा प्रदेश सभाको चुनावमा मुख्यतः दुई गठबन्धन दलका बीचमा नै चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

धनुषाको निर्वाचन क्षेत्र नंं ३ बढी चर्चामा रहेको छ । यस ठाउँबाट मुख्यतः दुई गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका दुई जना पूर्वमन्त्रीका बीचमा कडा प्रतिस्पर्धा हुने अवस्था रहेको छ ।

नेपाली काँग्रेस सहितको पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रहनु भएका प्रतिनिधि सभाका सदस्य पदका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता एवं पूर्वमन्त्री अनिल कुमार झा र नेकपा एमाले र जसपा गठबन्धन दलका उम्मेदवार एमालेका नेत्री पूर्वमन्त्री जुली कुमारी महतो महासेठका बीचमा कडा प्रतिस्पर्धा रहेको छ ।दुवै उम्मेदवारहरू घर उम्मेदवारी दर्ता सँगै घर दैलो कार्यक्रमलाई तीव्रता दिनु भएको छ । दुवै जनाले आफूहरूको जीत सुनिश्चित भएको दाबी गर्दै आउनु भएको छ ।

उहाँहरूलाई स्वतन्त्रबाट उम्मेदवारी दिनु भएको नेपाल सरकारका पूर्व सिनियर डिभिजन इन्जिनियर सत्यनारायण साह तथा नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्व अध्यक्ष उमेश साहले पनि चुनौती दिइरहनु भएको छ ।

यसै धनुषा निर्वाचन क्षेत्र नंं ३ को प्रदेश सभा तर्फबाट पाँचदलीय गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यका लागि प्रदेश सरकारका पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता रामसरोज यादव र एमाले जसपा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका मुख्यमन्त्री लालबाबु राउतका पूर्व प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले टक्कर दिइरहनु भएको छ ।


साभारः रेडियो नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here