कार्तिक १३ गते ,जनकपुरधाम।
प्रधानमन्त्री शेरबहादुर देउवापत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा छठ पर्व हेर्न जनकपुरधाम आउन लागेकी छन्। राणा छठ पर्व हेर्न उनी आज(आइतबार) जनकपुर आउन लागेकी हुन्।
आज साँझ उनको जनकपुरधामको गंगा सागरमा छठ पर्व हेर्ने कार्यक्रम रहेको बताइएको छ। त्यसैगरी सोमबार बिहान छठ पर्व हेर्न राणा पूर्वउपसभापति विमलेन्द्र निधिको गाउँ नगराईन नगरपालिका जाने छिन्।
आइतबार बिहान १०ः४५ को विमानबाट राणाको जनकपुर आउने कार्यक्रम रहेको कांग्रेस धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति धिरेन्द्र निधिले जानकारी दिए।
क्षेत्रीय सभापति निधिका अनुसार आइतबार जनकपुर आइसकेपछि विमानस्थलबाट राणाको सोझै मिल्स एरियास्थित पूर्वउपसभापति निधि निवासमा खाना खाने कार्यक्रम रहेको छ।
दिनको खानापछि केहीबेर होटलमा विश्राम गरेर साँझ छठ पर्व र गगां आरती हेर्न राणा गंगा सागर पुग्ने उनले बताए।
राति होटलमा विश्राम गरेर सोमबार बिहानै सूर्योदयअघि राणाको पूर्वउपसभापति निधिको गाउँ नगराईन पुगेर छठ पर्व हेर्ने कार्यक्रम रहेको छ।
उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व सम्पन्न भइसकेपछि क्षेत्रीय सभापति निधिको निवासमा प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ।
त्यसपछि उनी नगराईन नगरपालिकाअन्तर्गतको नेपाल–भारत सीमा जटही पुगेर नाका अवलोकन गर्ने क्षेत्रीय सभापति निधिले जानकारी दिए।
छठ पर्वका लागि कांग्रेस पुर्वउपसभापति बिमलेन्द्र निधि शनिबार नै काठमाडौंबाट जनकपुर आएका हुन ।