कान्तिबजारमा भलिबल प्रतियोगिता सुरु,दर्शक झम्मिए

0
24

कार्तिक ११ गते,गौशाला ।

गौशालाको कान्तिबजारमा लागुऔषध दुव्र्यसन विरुद्ध हाम्रो प्रहार नाराका साथ मुन्नी मिश्रि स्मृति भलिबल प्रतियोगिता सुरु भएको छ । पहिलो दिनको पहिलो खेलमा कालिपुर, दोश्रा खेलमा आयोजक सामुदायिक विकास युवा क्लब र तेश्रो खेलमा शिवनगर विजय भएको हो ।


उदघाटन खेलमा परडिया टिमलाई पराजित गर्दै कालिपुर विययी भएको हो । तीन सेट खेलमध्ये पहिलो सेट परडियाले जितेपनि दोश्रो र तेश्रो सेट लगातार कालिपुर जित्न सफल भएका थिए । कालिपुरसंगको खेलमा राम्रो प्रदर्शन गरेका परडियाका बेस्ट स्पाइकर रवि पटेल चुनिए । उनलाई ५ सय ५५ रुपैया नगद र मेडल प्रदेश सभाका उम्मेदवार प्रमोद महतोले प्रदान गरेका थिए ।


आयोजक समादुयिक विकास युवा क्लब र भरतपुर भलिवल टिम बीच भएको खेल रोमाञ्चक बनेको थियो । आक्रमक खेल प्रदर्शन गर्दै आयोजक सामुदायिक विकास युवा क्लबले भरतपुरलाई सोझो २–० सेटले पराजित गरे । वेष्ट डिफेन्डर भरतपुरका विवेक महतो चुनिए । उनलाई नगद ५ सय ५५ रुपैया र मेडल प्रदान गरिएको थियो । भरतपुरसंगको खेलमा आक्रमक स्पाइकर अभिषेक चौधरी १ हजार ५ रुपैया नगद पुरस्कार पाए । रमेश आयल स्टोर कान्तिबजारका ललित कुमार सिंहले पुरस्कार प्रदान गरे ।

शुक्रबार भएको तेश्रो खेलमा कान्तिबजारलाई पराजित गर्दै शिवनगर विजयी भए । कान्तिबजारलाई २–० को सोझो सेटले पराजित गर्दै शिवनगर विजयी भए । कान्तिबजार र शिवनगर बीचको खेलमा कान्तिबजारका स्पाइकर नबिन साह वेस्ट खेलाडी चुनिए । उनलाई ५ सय ५५ रुपैया नगद र मेडल प्रदान गरिएको छ ।

मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले रेफ्रिलाई भलिबल हस्तान्तरण गरी मुन्नी मिश्रि स्मृति भलिबल प्रतियोगिताको उदघाटन गरेका थिए ।

उदघाटन सभालाई सम्बोधन गर्दै मन्त्री साहले खेलकुदको गतीबिधिले समाजका युवालाई सहि दिशामा अगाडी बढाउन मदत पुग्ने उनले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here