महोत्तरीको भँगाहामा साम्प्रदायिक सद्भाव खलल पुग्ने गरी २ पक्षबीच झडप, अनिश्चितकालीन कर्फ्यु

0
31

कार्तिक १० गत्ते,महोत्तरी ।

महोत्तरीको भँगाहामा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । बिहीबार बिहान दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले अपराह्न ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीद्वारा जारी कर्फ्यु आदेशमा साम्प्रदायिक सद्भाव खलल पुग्ने गरी बिहीबार भँगाहामा दुई पक्षबीच झडप भएको जनाइएको छ । शान्ति सुरक्षाको स्थिति भंग हुने अवस्था सिर्जना भएकाले कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी पहाडीले जनाएका छन् ।

कर्फ्यु जारी भएका स्थानमा भेला, जुलुस, प्रदर्शन, घेराउ, र्‍याली र सभा नगर्न प्रशासनको आदेशमा भनिएको छ । कर्फ्यु उल्लंघन हुने कार्य गरेमा कडा कारबाही हुने प्रशासनको आदेशमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रह्मस्थान पररिया र उत्तरमा धर्मपुरभन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नगरपालिका वडा नम्बर १ बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टीनजिकैको पुलसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here