शहिद कोईरालाप्रती श्रद्धाञ्जली अर्पित गरी ४०औं स्मृती दिवस मनाइयो

0
44

कार्तिक ३ गत्ते,जनकपुरधाम।

शहिद सरोज प्रसाद कोईरालाको ४०औं स्मृतीदिवसकोे अवसरमा सुहृद पुस्तकालय जनकपुरधामले श्रद्धाञ्जली अर्पण गरेको छ ।

शहिद कोईरालाको ४०औं स्मृती एवं पुस्तकालयको स्थापना दिवसको अवसरमा दुई दिवसीय कार्यक्रमको आयोजना गरी पुस्तकालयले आज दोस्रो दिन शहिद कोईरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।

जनकपुरधामको रंगभूमी मैदान बारह बिग्घाको उत्तरपट्टी अवस्थित रहेको पुस्तकालयको प्रागंणमा आयोजित श्रद्धाञ्जली सभामा कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्र शहिद कोईरालाको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका हुन ।

त्यस्तै नेपाली काँग्रेसका पूर्व उपसभापति एवं गृहमन्त्री विमलेन्द्र निधी,तराई मधेश लोकतान्त्रीक पार्टीका बरिष्ट नेता डा. विजय कुमार सिंह,नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादव,जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह,नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादव,तमलोपाका केन्द्रीय सदस्य असगर अली लगायत विभिन्न राजनीतिक दलका दर्जनो नेता कार्यकर्ता तथा सुहृद पुस्तकालय परिवारका पदाधीकारीहरुले शहिद कोईरालाको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका हुन ।

शहिद कोईरालाको ४०औ स्मृती तथा पुस्तकालयको स्थापना दिवसका अवसरमा दुई दिवसीय कार्यक्रमको आयोजना गरेका सुहृद पुस्तकालय,पहिलो दिन बुधबार जनकपुरको जानकी बृद्धआश्रममा भोजन तथा रजौलमा आँखा शिविर सञ्चालन गरेको थियो भने आज दोस्रो दिन शहिद कोईरालाप्रति श्रद्धाञ्जली अर्पण गरी मनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here