घर आँगन नियमित बचत संस्थाको एघारौं वार्षिक साधारण सभा सम्पन्न

0
128

आश्विन ३० गत्ते,महोत्तरी ।
महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुरामा आयोजित घर आंगन नियमित बचत तथा ऋण सहकारी संस्थाको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिवार समपन्न एघारौँ वार्षिक साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष लक्ष्मेश्वर ठाकुरले गरेका थिए भने विशिष्ट अतिथीमा केन्द्रीय बचत तथा ऋण सहकारी संघका प्रतिनिधि, प्रमुख अतिथिमा लोहरपट्टी नगरपालिकाकी उपप्रमुख सरीता शर्मा रहेकी थिइन।

त्यस्तै, लोहारपट्टी नगरपालिका वडा नं ७ का वडाध्यक्ष गणेश ठाकुर लगायत संचालक समितिका उपाध्यक्ष आशा कुमारी देवी, सचिव बाल्मिकी ठाकुर सदस्य नन्दु साह, रामआधार ठाकुर, निर्मला देवीलगायत विभिन्न पार्टीका प्रतिनिधिहरु, बुद्धिजिवि लगायत पत्रकार एवं संस्थाका पदाधिकारी, शेयर धनी सदस्यहरुको विशेष उपस्थितीमा साधारण सभा सम्पन्न भएको थियो ।

लेखा परीक्षण प्रतिवेदनको प्रस्तुति संस्थाका अध्यक्ष लक्ष्मेश्वर ठाकुरले गरेका थिए । संस्थाद्वारा उपप्रमुख शर्मालाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो । कर्मचारी निर्मला कुमारी चौधरी, अशोक कुमार रायलाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो । उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्तालगायत समाजसेवी एवं प्रमुख अतिथीहरुलाई पनि सम्मान गरिएको थियो ।

अन्य अतिथीहरुलाई माला र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

वार्षिक साधारण सभामा वक्ताहरुले आफ्नो मन्तव्य राख्दै ूबचत गर्ने बानीको विकास गर्नुपर्छू सबैमा आग्रह समेत गरे ।

सभामा प्रतिवेदन, बजेट र कार्यक्रमहरु समेत पेश गरेको थियो । उक्त प्रतिवेदन अनुसार २५ जनाले लगानी गरेको १२ हजार ५ सय शेयर पुँजीबाट सहकारी संस्थाको सुरुवात गरी हाल लोहारपट्टी नगरपालिका भरी कार्यक्षेत्र विस्तार गरी ८९५ जना शेयर सदस्य सहित ५० लखा ७६ हजार ८ सय शेयर पुँजी संकलन गरी २७ करोड ३८ लाख ४६ हजार ४ सय ९५ रुपिया कारोबार गर्न सफल भएको उल्लेख गरिएकोछ ।

संस्थाले आगामी आर्थिक वर्षमा कर्मचारीहरुको लागि तालिम, शेयर सदस्यहरुको लागि सहकारी शिक्षा सम्बन्धी तालिम, भ्रमण र स्वास्थ्य शिविरलगायतका विभिन्न कार्यक्रमहरु संचालन गरिने संस्थाको योजना रहेको छ ।

कार्यक्रममा लोहारपट्टी नगरपालिकाका उपप्रमुख शर्माले यो सहकारी संस्था गाउँ समाजमा ज्यादै प्रशंसनीय कार्यहरु गरिरहेको र नगरपालिकाले पनि संस्थालाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here