आश्विन २८ गत्ते,जनकपुरधाम ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जुली कुमारी महतो (महासेठ) र धनुषा ३ (२ं )का प्रदेश सभा सदस्यका उम्मेदवार दिपेन्द्र ठाकुर संयुक्त रूपमैं घर दैलो कार्यक्रममा व्यस्त देखिएका छन ।
शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ मा नेकपाका उम्मेदवारद्वय महतो र ठाकुर आफ्नो गठबन्धनको लागि भोट माँग्न व्यस्त देखिए ।
वडाको महावीर चौक हनुमान मन्दिर देखी उत्तरको क्षेत्रमा आज बिहानै देखी आफ्नो पार्टीका सयकड़ो नेता कार्यकर्ताका साथ घर घर गएर दुबै हाथ जोड़ी भोट माँगेको दृश्य रोचक देखिएको थियो ।
पछिल्लो समय नेकपा गठबन्धनका उम्मेदवारद्वय महतो र ठाकुर धनुषा ३ (२ं ) मा घरदैलोलाई निरंतरता दिदै आएका छन ।
जनकपुरको शहरी क्षेत्र एकदमै महत्वपूर्ण र बौद्धिक क्षेत्र भएको कारण नै विशेष प्राथमिकता दिएर आफूहरु घरदैलोलाई निरंतरता दिएको प्रदेश सभा सदस्यका उम्मेदवार दिपेन्द्र ठाकुरले बताए ।
ठाकुरले भने , ु हामी आफ्नो गठबन्धनका तिनै जना पालैपिलो धनुषा (१) र (२)मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेता जुली महतोसंग समूहगत रूपमैं घरदैलो कार्यक्रमलाई अगाडि बढाई रहेका छौं ।
जनता हामीलाई आशीर्वाद सहित आउँदो निर्वाचनमा आफ्नो अमूल्य मत दिएर विजयी बनाउनेमा आफूहरु ढुक्क रहेको ठाकुरले तर्क गरे । हामी प्रचार(प्रसार देखी मतदाताको घर घर पुगेर उहाँहरूको आशीर्वाद ग्रहण गर्दै मत माँगदै घुमि रहेका छौं,जनताको मन र मत दुबै हामीसँग रहेको छ ।
आफ्नो कर्म ईमानदारी पूर्वक गर्दै आईरहेकोले चुनाव आफूहरुको पक्षमै आउने ठाकुरले बताए ।