आश्विन २३ गत्ते,काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन(२ बाट उम्मेदवारी दिने भएका छन्।
यसअघि चितवन ३ को तयारी गरेका उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेपछि चितवन(२ रोजेका हुन्।
चितवन २ मा एमालेले कृष्णभक्त पोखरेललाई प्रतिस्पर्धामा उतारेको छ। पोखरेल यसअघि दुईपल्ट त्यही क्षेत्रबाट सांसद भइसकेका छन्। यसैगरी सत्ता गठबन्धनले भने व्यवसायी उमेश श्रेष्ठलाई अघि सारेको छ।
व्यवसायी श्रेष्ठकाविरुद्ध उम्मेदवारी दिँदा सन्देशसमेत जाने र जित्न पनि अन्य क्षेत्रभन्दा सहज हुने भएकाले रविले उक्त क्षेत्र रोजेका उनी निकटस्थहरुले बताएका छन्।
उम्मेदवारी दिन लामिछाने त्यसतर्फ गइसकेका छन्। दिउँसो २ बजेतिर उम्मेदवारी दर्ता गर्ने उनले तयारी गरेका छन्।