धनुषा ३ मा गठबन्धनका उम्मेदवार प्रमेश्वर महासेठ

0
240

आश्विन २२ गत्ते,जनकपुरधाम ।

यतिबेला धनुषाको निर्वाचण क्षेत्र नम्बर ३ सबैको चासोको विषय बनेको छ ।आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर ३ बाट कांग्रेस उम्मेदवार प्रमेश्वर महासेठले टिकेट पाएको चर्चा सामाजिक सञ्जालहरुमा चुलिएको छ ।

यसअघि पटक पटक यहि क्षेत्रबाट जितेर उपप्रधान तथा गृहमन्त्री समेत भै सकेका पार्टीका पुर्व उपसभापति समेत रहेका बिमलेन्द्र निधि समानुपातिकमा आएपछि यस क्षेत्रबाट कसले टिकेट पाउने भन्ने विषयमा सबैको ध्यान केन्द्रित रहेको छ । त्यस्तै ३ को (१)मा काँग्रेस संसदीय दलका नेता तथा मधेश प्रदेशका भौतिक पुर्वाधार तथा यातायातमन्त्री रामसरोज यादव र (२)मा नेता हरिशंकर साहले टिकेट पाएको काँग्रेस उच्चस्रोतले जनाएकोे छ ।काँग्रेस वृतमा धनुषा क्षेत्र नम्बर ३ प्रतिनिधिसभा र प्रदेश (१) र (२) गरी तीनवटै गठबन्धनबाट काँग्रेसले पाएको चर्चा छ ।

आधिकारिक जानकारी न आएपनि महासेठले नै टिकेट पाएको दावी काँग्रेस नेताकार्यकर्ताहरुको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here