आश्विन ३ गत्ते,काठमाडौँ ।
मधेस प्रदेशका तीन दिग्गज नेताहरूलाई नेपाली कांग्रेसले संघबाट समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।
विमलेन्द्र निधि, आनन्द प्रसाद ढुंगाना र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई मधेस प्रदेशबाट समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरिएको प्रदेश सभापति कृष्ण यादवले बताउनु भयो । निधि मधेसी क्लस्टरबाट, ढुंगाना खसआर्य कोटाबाट र मन्सुर मुस्लिम क्लस्टरबाट सिफारिस भएको यादवको भनाई छ ।
यसअघि भदौ १५ गत्ते जनकपुरधाममा क्षेत्रस्तरीय कार्यकर्ता भेला तथा अन्तक्रिया कार्यक्रममा कांग्रेस पूर्वउपसभापति समेत रहेका नेता निधिले स्वयं समानुपातिक सांसदका रूपमा समेत संसदमा प्रवेश गर्नसक्ने सम्भावना रहेको जानकारी गराएका थिए।