आश्विन ३ गत्ते,जनकपुरधाम ।
“महिलाको समानुपातिक समाबेशी नेतृत्वको अधिकार समाज रुपान्तरणको आधार”मुल नाराका साथ प्रत्यक्ष निर्वाचनमा महिलाको समानुपातिक समावेशीका लागि माग पत्र सहितको र्याली निकालिएको छ ।
राष्ट्रव्यापी अभियानको क्रममा महिला पुनस्थापना केन्द्र (ओरेक)को नेतृत्वमा जिल्लाका मानव अधिकार महिला अधिकारका क्षेत्रमा कार्यरत्त सँघ सँस्थाहरुको संस्थाको संयुक्त आयोजनाा माग सहितको मधेस प्रदेशका सर्लाही, महोत्तरी, सिरहा र धनुषामा बृहत् र्याली निकालिएको हो।
मधेस प्रदेशमा स्थानिय तहको निर्वाचनको क्रममा समेत दलका नेताहरुलाई महिलाको नेतृत्वको सवालमा ध्यानाकर्षण गराइएको थियो । दलका जिल्ला र प्रदेशस्तरका नेताहरुले समेत महिला सहभागिताको सवालमा उदासिन रहँदै आएका छन् ।
महिलालाइ दोस्रो दर्जाको रुपमा हेर्ने गरेको तथ्य मानव अधिकार रक्षकहरुको राष्ट्रिय सँजालको दावी छ ।
केन्द्र तथा विभिन्न जिल्लाहरुमा महिलाहरुलाई प्रतक्ष्य तर्फ समान उम्मेदवारीका लागि ओरेक र अधिकारकर्मीहरुले आवाज उठाउँदै आएका छन ।
यसै सन्दर्भमा मानव अधिकार रक्षकहरुको राष्ट्रिय सँजालले ६ बुँदे माग पत्र पनि जारी गरेको छ ।