आश्विन ३ गत्ते,काठमाडौ ।
ठूला एवं पुराना पार्टीमा समानुपातिकको बन्दसूचीभित्र पर्न र पार्न दौडधूप चलिरहेका बेला नयाँ पार्टीका नेता रवि लामिछानेले आफ्नो पार्टीभित्र खुल्ला मतदान गराएका छन्।
लामिछानेको नेतृत्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव गरेर प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार तय गरेको पार्टीका प्रवक्ता डा. मुकुल ढकाल बताउँछन्।
खुल्ला प्रारम्भिक निर्वाचनमा नाम दिएको मध्येबाट अनलाइन मतदान प्रक्रियामा धेरै मत पाउनेलाई समानुपातिकको बन्दसूचीमा राखिएको पार्टीले जनाएको छ।
ढकालका अनुसार खुला प्रारम्भिक निर्वाचनमा ३९ हजार १३ जनाले मतदान गरेका छन्।
पार्टीले सोमबार आयोगमा उम्मेदवारको बन्द सूचि बुझाउन लागेको डा.ढकालले बताए ।