आज विश्वकर्मा पूजा,धुमधामका साथ मनाइदैं

0
14

आश्विन १ गत्ते,जनकपुरधाम ।

आज मिथिलाञ्चल सहित देशभर भगवान विश्वकर्माको पुजापाठ गरी मनाइदै छ । देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पूजापाठ गरी मनाइँदै छ । विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसंग पूजापाठ गरी मनाउने गर्दछन् ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वार’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा. रामचन्द्र गौतम बताउँछन् ।

यही सम्झनामा नेपालका कालीगढले आज भव्य रुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ विश्वकर्माको पूजा गर्दछन् ।

आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here