मोनाष्टिकमा सातौं हव कन्भेन्सनको आयोजना

0
265

आश्विन १ गत्ते,जनकपुरधाम ।

विद्यार्थीको व्यक्तिगत विकास तथा गुणस्तरीय शिक्षालाई मध्यनजर गर्दै जनकपुरधाममा सातौं हव कन्भेन्सनको आयोजना गरिएको छ ।

जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयमा सातौं हव कन्भेन्सन आयोजना गरिएको हो ।

जनकपुरधाम क्षेत्रका १३ वटा विद्यालयका २५० जना विद्यार्थीहरु सहभागि रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले केस स्टडी प्रस्तुतिकरण, घटनाक्रम केस स्टडी प्रस्तुति, कहानी निर्माण, सहयोगात्मक कोलाज तथा प्यानल डिस्कसन लगायतका शैक्षिक विधाहरुमा आफ्नो प्रस्तुतिमार्फत उनीहरुसँग भएका प्रतिभा आदानप्रदान गरेका हुन् ।

क्वेस्ट नेपालका अध्यक्षसमेत रहेका ग्यालेक्सी पब्लिक स्कूल काठमाडौंका प्रिन्सिपल सुरीना गुरुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा क्वेस्ट नेपालका कार्यकारी सदस्यसमेत रहेका ब्राइट फ्यूचर स्कूल काठमाडौंका प्रिन्सिपल मोहन कार्की, क्वेस्ट नेपालको सल्लाहकारसमेत रहेका एपेक्स स्कूल भैरहवका प्रिन्सिपल दीपक गौतम तथा क्वेस्ट नेपालका मास्टर ट्रेनर बोजराज सुवेदीलगायतकाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जनकपुरधाम क्षेत्रका मोनाष्टिक आवासिय माध्यमिक विद्यालय, अन्नपूर्ण स्कुल, संकट मोचन देवशरण रामरती माध्यमिक विद्यालय, ह्याप्पी ल्याण्ड स्कुल, श्री माध्यमिक विद्यालय, दर्शनिया स्कुल, सिन्हा पब्लिक स्कुल, मोर्डन स्कुल, जेनिथ नेशनल एकेडमी, सर्वोदय स्कुल, ज्ञान मन्दिर स्कुल, सरस्वती स्कुल कनकपट्टी तथा डेफोडिल्स पब्लिक स्कुलका गरी कुल २५० जना छात्रछात्राहरु सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here