भदौ ३१ गत्ते,जनकपुरधाम।
जनकपुरधाम उपमहानगरपालिका वडा नं.७ स्थित तराइ डेन्टल क्लिनिकको प्रथम वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम तथा निशुल्क दन्त शिबिर समपन्न भएको छ।
शुक्रबार तराई डेन्टल क्लिनिकका संस्थापक दन्त चिकित्सक मिशा महासेठको अध्यक्षता, जउमनपा वडा नं.७ का वडाअध्यक्ष निरज कुमार साहको प्रमुख आतिथ्यमा तथा ब्लड फर नेपालको समन्वयमा कार्यक्रम सफलता पुर्वक सम्पन्न गरिएको छ। २ दर्जन भन्दा बढी व्यक्तिले रक्तदान गरेको छ भने निशुल्क दन्त शिवीरमा दाँत तथा मुख सम्बन्धि उपचारबाट सर्वसाधारण लाभान्वित भएका छन।
तराई डेन्टल क्लिनिकले एक साल भित्रमा २ हजार भन्दा बढी बिरामीहरुको उपचार गर्न सफल भएको छ। छोटो समयमा तराई डेन्टल क्लिनिकले दाँत तथा मुख रोग सम्बन्धि उपचारमा उत्कृष्ट कार्य गरि आफ्नो फरक पहिचान बनाउन सफल भएको छ।
विगत एक वर्षमा तराइ डेन्टल क्लिनिकले धनुषा महोत्तरीको विभिन्न ठाँउमा विभिन्न संघसंस्थाको सहयोगमा २४ वटा निशुल्क दन्त शिबिरमा सहभागी भइ सर्वसाधारणलाई निशुल्क दन्त सेवा प्रदान गरिसकेको क्लिनिकका संचालक डाक्टर मिशा महासेठले जानकारी दिइन।