मधेश प्रदेशका गृहमन्त्री साह महोत्तरीका ४ वटै क्षेत्रबाट सिफारिस

0
13

भदौ २८ गते,जनकपुरधाम।

मधेस प्रदेश सरकारका गृह तथा संचारमन्त्री भरतप्रसाद साह महोत्तरीको ४ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस भएका छन् ।

आउँदो मंसिर ४ गते हुने आमनिर्वाचनमा नेकपा माओवादी केन्द्र महोत्तरीले साहलाई जिल्लाका सबै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा सिफारिस गरेको हो ।

क्षेत्र १ बाट माओवादी केन्द्रले गिरिराजमणि पोखरेल, राजु खड्का र प्रकाशहरि पोखरेल र भरतप्रसाद साहलाई प्रतिनिधिसभामा सिफारिस गरेको छ । क्षेत्र २, ३ र ४ बाट पनि मन्त्री साहको नाम प्रतिनिधिसभामा सिफारिस भएको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले जानकारी दिए ।

क्षेत्र नम्बर २ मा मन्त्री साहसँगै बिमल यादव, अब्देश चौधरी र रंजित यादव अधिकारीको नाम माओवादीले सिफारिस गरेको छ । क्षेत्र ३ मा रामकुमार शर्मा, भरतप्रसाद साह र मुजिम राइन र क्षेत्र ४ मा साह र रज्जी हैदरलाई सिफारिस गरिएको माओवादी महोत्तरीले जनाएको छ ।

प्रदेशका ८ वटा क्षेत्रमा पार्टीले २५ जनाको नाम सिफारिस गरेको र समानुपातिकतर्फ ४७ जनाको नाम सिफारिस भएको माओवादी केन्द्रले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here