जनकपुरधाम, भदौ २६ गते ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नं.२ बाट एकल सिफारिस भएका हुन् ।
जसपाले सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यका लागि अध्यक्ष उपेन्द्र यादवको एकल नाम सिफारिस गरेको छ ।
यस्तै प्रदेशसभा तर्फ २ (क) का लागि प्रदेशसभा सदस्यको उम्मेदवारमा मधेश प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र साह, अमरनाथ मण्डल र नेत्रविक्रम साहको नाम सिफारिस गरेको छ ।
मन्त्री साह अघिल्लो चुनावमा त्यहीबाट प्रदेशसभा सदस्यमा जितेका थिए ।