नेपालको मानव विकास सूचकाङ्क खस्कियो

0
8

भदौ २४ गत्ते, काठमाण्डौ ।

नेपालको मानव विकास सूचकाङ्क खस्किएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको मानव विकास प्रतिवेदन, सन् २०२१ं÷२२ को प्रतिवेदनमा नेपालको मानव विकास सूचकाङ्क खस्किएको उल्लेख छ । प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क सन् २०२१ मा ० दशमलव ६०२ रहेको छ ।

सन् २०१९ मा ० दशमलव ६११ रहेको मानव विकास सूचकाङ्क २०२० मा ० दशमलव ६०४ थियो । सन् २०१८ मा भने नेपालको मानव विकास सूचकाङ्क ० दशमलव ६०१ थियो । दक्षिण एसियाली देशमा नेपाललगायत भारत र भुटानको पनि मानव विकास सूचकाङ्क घटेको देखिएको छ ।

पाकिस्तान र माल्दिभ्सको मानव विकास सूचकाङ्क सन् २०२० मा घटेको भए पनि अहिले केही सुधार आएको छ । श्रीलङ्का र बङ्गलादेशको मानव विकास सूचकाङ्क भने दुवै वर्ष बढेको छ । सन् २०२१ मा मानव विकास सूचकाङ्क श्रीलङ्काको ० दशमलव ७८२, माल्दिभ्सको ० दशमलव ७४७, भुटानको ० दशमलव ६६६, बङ्गलादेशको ० दशमलव ६६१, पाकिस्तानको ० दशमलव ६४४, भारतको ० दशमलव ६३३ र अफगानिस्तानको ० दशमलव ४७८ रहेको छ ।

यो प्रतिवेदन अनुसार मानव विकास सूचकाङ्कमा नेपाल १ सय ४३औँ स्थानमा छ । दक्षिण एसियाली देशमा पाकिस्तान १ सय ६१, भारत १ सय ३२, बङ्गलादेश १ सय २९, भुटान १ सय २७ र श्रीलङ्का ७३औँ स्थानमा छ ।

समस्यासँग जुध्न नसके झन् खराब अवस्था आउने यूएनडीपीले चेतावनी दिएको छ । यो प्रतिवेदनले कोभिड–१९ र रुस–युक्रेन युद्धका कारण विगतका दुई वर्ष विश्वका अर्बौँ मानिसको जनजीवनलाई प्रभाव पारेको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here