भदौ २३ गत्ते,जनकपुरधाम ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले विचार,सिद्धान्त र एजेन्डा न मिल्ने गठबन्धनले के परिणाम ल्याउँछ अहिले केही भन्न न सक्ने बताएका छन ।
नेपाल प्रेस युनियनको केन्द्रिय कार्यसमितिको आयोजनामा १०९ औं विपी जयन्तीको अवसरमा जनकपुरधाममा आयोजित विपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता काइरालाले विचार,एजेन्डा, सिद्वान्त र कार्यदिशा समेत नमिल्ने चारचारवटा पार्टीहरु संग गठबन्धन गरि नेपाली कांग्रेस आफै कता जाने हो भन्ने स्थितीमा रहेको बताएका छन् ।
उनले संविधान धरापमा पार्न खोज्ने नेकपा एमालेलाई परास्त गर्न, अगामि निर्वाचनमा एकल बहुमतको आधारमा कांग्रेसको नेतृत्वमा स्थाई सरकार बनाउनकै लागि गठबन्धन गर्ने भनेर कांग्रेसको बैठकबाटै निर्णय भएको तर्फ कांग्रेस नेतृत्वलाई ध्यानाकर्षण गराएका छन् ।
१ सय ६५ सिटमा समेत म्यानेज र सबै खुशी हुन नसक्ने कांग्रेस पार्टी सय सिटभन्दा कममा कुनै पनि हालतमा व्यवस्थापन हुन नसक्ने र त्यसपछि विद्रोह तथा बिग्रहको स्थिति सृजना हुने बताउदै नेता कोइरालाले कुन क्षेत्रमा कुन नेता लोकप्रिय र जित्ने हुन भन्ने रिपोर्टिङ्ग गरिदिन प्रेस युनियन आवद्व पत्रकारहरुलाई आग्रह गरेका छन् ।
उनले पटक पटक सय सिट कांग्रेसले लिनै पर्ने बताए । नेता कोइरालाले संसदमा पेस भएको सत्यनिरुपण तथा मेलमिलाप आयोग र मिडिया काउन्सिल विद्ययेकमा धेरै त्रुटीहरु रहेको बताए । उनले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य अपराधका घटनामा छुट दिइने कुरा उचित नभएको बताए । नेपाल प्रेस युनियनको केन्द्रिय कार्यसमितिको बैठक जनकपुरधाममा समपन्न भएको छ ।