भदौ २३ गते,जनकपुरधाम ।
दोस्रो चरण अन्तर्गत बिहीबार (आज) जनकपुरधामको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म रेल्वे चल्ने भएको छ ।
पहिलो चरण अन्तरगत भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म रेल्वे सञ्चालनमा आइसकेपछि दोस्रो चरण अन्तर्गतथ परिक्षणका लागि आज कुर्थादेखि विजलपुरासम्म रेल्वेको परिक्षण गरिने भएको छ ।
नेपाल रेल्वे कम्पनीका इन्जीनियर रबिन्द्र शाहले दोस्रो चरण अन्तरगत १७ किलोमिटर रेल्वे खण्डमा आज बिहान १० बजेदेखि ५ बजेसम्म रेल गुडाएर परिक्षण गर्न लागिएको बताए ।
रेल्वे प्रतिघण्टा १०० किलोमिटरको स्पिडमा गुडाएर परिक्षण गरिनेछ । निमार्णको मुख्य कामहरु सम्पन्न भइसकेपछि यस खण्डमा बिहीबार रेल गुडाएर परीक्षण गर्न लागिएको हो ।
बिहीबार कुर्था–बिजलपुरामा रेल गुडाएर ट्रायल गर्न लागिएको र यो सफल भएपछि भारतले बाँकी रहेको तेस्रो खण्डमा पनि छिट्टै रेल गुडाउने तयारी गर्ने शाहले बताए ।