निर्माण व्यवसायी ठाकुर प्रदेशसभाका लागि तयार

0
777

भदौ २२ गत्ते,जनकपुरधाम ।

निर्माण व्यवसायको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल दिपेन्द्र ठाकुर आसन्न चुनावमा धनुषा निर्वाचन क्षेत्र ३ (ख) बाट प्रदेश सभा सदस्यका लागि उम्मेंदवारी दिने तैयारी थालेका छन ।

स्थानीय रामानन्द युवा क्लवका प्रर्वअध्यक्ष समेत रहेका ठाकुर यस क्षेत्रमा समाजसेवी तथा खेलकूद प्रेमीको रुपमा चर्चित छन ।


युवाहरूमा राम्रो पकड़ भएको ठाकुरले आफु चुनाव उठ्ने बारे स्पस्ट पारे पनि कुन पार्टी बाट आउने भन्ने बताऊंन चाहेनन । धनुषा ३ (ख) बाट आफु चुनावमा आउने ठाकुरले मिथिलापाटीलाई बताए । ठाकुरले भने ,अहिले तत्काल पार्टीबारे न सोध्नुस , यत्ति मात्र बुझनुस म चुनाब लड्छु नै ।
जनभावनाको कदर गर्दै मेरो उम्मेदवारी प्रदेशको निर्वाचनमा हुने ठाकुरले भने, साथीभाई र समाजले भनेपछि म राजीनीतिमा आउन लागेको हुँ ।

धनुषा ३ (ख) बाट अन्य पार्टीहरू नेपाली कांग्रेस , जसपा नेपाल र लोसपा लगायत दलहरुले आ आफ्नो उम्मेदवारको नामावाली प्रस्ताव तैयार गरिसकेका छन भने केहि दलहरु प्रत्यक्षतर्फको नामावली तैयार गर्ने क्रममा छन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here