नागरिकता विधेयक प्रमाणीकरणका लागि आईतबार राष्ट्रपतिकहाँ पठाउने तयारी

0
10

भदौ १८ गत्ते,काठमाडौँ ।

राष्ट्रियसभाबाट पनि हुबहु पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि आईतबार राष्ट्रपतिकहाँ पठाउने तयारी भएको छ ।

आईतबार बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सभाबाट पारित भएको सन्देश सुनाइने र त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक शुक्रबार राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको हो ।

यसअघि साउन २९ गते राष्ट्रपति भण्डारीले सन्देशसहित नागरिकता विधेयक फिर्ता गर्नुभएको थियो । तर राष्ट्रपतिको सन्देशलाई बेवास्ता गर्दै भदौ २ गते सत्तारुढ दलहरुको बहुमतबाट प्रतिनिधिसभाले विधेयक पास गरेर राष्ट्रियसभामा पठाएको थियो ।

अब राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here