नागरिकता विधेयक आज पारित हुने

0
26

 भदौ १७गत्ते,काठमाडौं ।
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकमाथिको छलफल तथा पारितका लागि आज पनि राष्ट्रिय सभाको बैठक बस्दै छ। बैठक आज दिउँसो ३ बजे बस्नेछ।

विधेयक सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफल लम्बिएपछि शुक्रबार पनि छलफल जारी रहने सम्भावित कार्यसूची छ।

राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नागरिकता विधेयक शुक्रबारै पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यसअघि बिहीबारै विधेयक पारित गर्ने कार्यसूची रहेपनि छलफल लम्बिएपछि पारित भएन।

राष्ट्रिय सभामा नागरिकता विधेयकमाथिको छलफलका क्रममा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले बोल्ने सांसदहरुका लागि समय नतोकी खुला छोडेपछि बिहीबार विधेयकमाथि सांसदहरुले विचार राख्ने क्रम नै सकिएन।

राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुदेँ टिप्पणी गरेर उक्त विधेयक संसदमा फिर्ता पठाएकी थिइन्। राष्ट्रपतिबाट फिर्ता भएको विधेयकलाई प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेको थियो।

आज बाँकी सांसदहरुले आफ्नो कुरा राखेपछि विधेयक पारितको प्रक्रियामा जाने छ। राष्ट्रिय सभाबाट पारित भएपछि यसलाई पुनः प्रमाणिकरण गर्न राष्ट्रपति कार्यालय पठाइने छ। राष्ट्रपतिले प्रमाणित गरेपछि यो लागू हुने छ।

सरकारले मंसिर ४ गते हुने निर्वाचन अघि यसलाई पारित गरेर निर्वाचनमा होमिने तयारी गरेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here