भदौ १५ गत्ते,जनकपुरधाम ।
नेपाली कांग्रेसका पुर्व उपसभापति विमलेन्द्र निधिले आफु कुनैपनि क्षेत्रबाट निर्वाचनमा भाग लिन तयार रहेको बताएका छन ।
मधेसका २२ जिल्ला बाहेकका कुनै पनि क्षेत्रबाट निर्वाचनमा भाग लिन आफू तयार रहेको नेता निधिले बताएका छन्।
क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको क्षेत्रबाट चुनाव लड्न तयार रहेको उनले बताए।
जनकपुरधाममा बुधबार आयोजित क्षेत्रस्तरीय कार्यकर्ता भेला तथा अन्तक्रियामा कांग्रेस पूर्वउपसभापति समेत रहेका नेता निधिले स्वयं समानुपातिक सांसदका रूपमा समेत संसदमा प्रवेश गर्नसक्ने सम्भावना रहेको जानकारी गराए।
पूर्वउपप्रधानमन्त्री समेत रहेभएका नेता निधिले आफू अन्य क्षेत्रबाट चुनाव लडे पनि समानुपातिक सांसदका रूपमा सांसद भए पनि सहज रूपमा लिन धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का नेता तथा कार्यकर्तालाई आग्रह पनि गरे।नेता निधीले आफु अन्य क्षेत्रबाट चुनाव लडेपनि वा समानुपातिक सांसदका रुपमा सांसद भएपनि आफुहरु अनाथ भएको नबुझन धनुषा निर्वाचन क्षेत्र नं.३ का नेता कार्यक्रताहरुलाई आग्रह गरेका छन् ।
उनको यस निर्णयबाट कार्यक्रममा उपस्थित अधिकांश नेता,कार्यकर्ताहरु दुखि भएका छन ।
कार्यक्रममा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार, नेताहरु स्मृती नारायण चौधरी, रामसरोज यादवलगायतकाहरुको उपस्थिती रहेको थियो ।