अदालतको अवहेलनामा किन कारबाही नगर्ने भन्दै सर्वोच्चले मेयर शाहसँग माग्यो जवाफ

0
12

 

भदौ १३ गते,काठमाडौं ।

सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भन्दै लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश हरिकृष्ण कार्की इजलासले अवहेलना मुद्दामा लिखित जवाफ माग गर्ने आदेश गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए ।

 

नर्भिक अस्पतालको संरचना भत्काउने महानगरपालिकाको निर्णयमा सर्वोच्च अदालतले अन्तरिम कालका लागि रोक लगाएपछि मेयर शाहले संविधान संशोधन गरेर ुनक्सा पासको अधिकार अदालतलाई दिऔुं भन्दै प्रतिक्रिया जनाएका थिए ।

 

मेयर शाहले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले सर्वोच्चमा अदालतको अवहेलनाअन्तर्गत मेयर शाहलाई कारबाही गर्न माग गर्दै निवेदन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here