कृष्णजन्माष्टमीको अवसरमा जनकपुरधाममा धार्मिक ग्रन्थ वितरण

0
23

 

भदौ ५ गत्ते ,जनकपुरधाम ।
कृष्णजन्माष्टमीको अवसरमा जनकपुरधाममा धार्मिक ग्रन्थ निःशुल्क वितरण गरिएको छ ।

सेभ हिन्दुइज्म सेभ ह्युमानिटी नामक संस्था द्वारा सप्ताहिक हिन्दू जागरण अभियान अन्तर्गत तथा श्री कृष्ण जन्माष्टमीको शुभ उपलक्ष्यमा हिन्दुवादी युवा अभियानीहरु बाट हनुमान चालिसा, सुन्दरकाण्ड र श्रीमद्भागवत गीता लगायतका धार्मिक ग्रन्थ निस्शुल्क वितरण गरिएको छ ।

सेभ हिन्दुइज्म सेभ ह्युमानिटी संस्थाको संस्थापक अध्यक्ष सुदिप झाको अध्यक्षतामा शनिबार जनकपुरधाम स्थित रेल्वे स्टेशन नजिकै निः शुल्क किताबहरु वितरण गरिएको हो।

कार्यक्रमको संयोजकत्व प्रेम झा र सहसंयोजकत्व राजु कुमार सिंहले गरेका थिए। कार्यक्रममा राप्रपाका नेता मुन्नु झा, नविन झा, हिन्दु परिषद्का प्रभुजालान ,युवा अभियन्ता सुरज राउत,राजिब गुप्ता सहितको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here