भदौ ५ गत्ते,जनकपुरधाम ।
जनकपुरधाम स्थित जानकी चौकको फुटपाथ व्यवसायीहरुको माँग तीन दिन भित्र पुरा गरिने मेयर मनोज साहले बताएका छन ।
आईतबार जनकपुरधाम उपमहानगर पालिकाको सभाहलमा बसेको बैठकले तीन दिन भित्र ठाउँ पहिचान गरी व्यवस्थापन गर्न जनकपुर उद्योग वाणिज्य संघ र वडा नम्बर ३ तथा १० लाई प्रतिवेदन सहित समस्या समाधानको जिम्मा लगाईएको छ ।
फुटपाथमा कति सङ्ख्यामा फूलमाला , सिन्दुर गद्दी व्यवसायी रहेको र त्यसलाई मन्दिर छेउ छाउ मैं कुन स्थानमा व्यवस्थित गर्ने भन्ने बारे स्थान यकीन सहित प्रतिबेदन तैयार पारेर अगाडि बढ़ने जनाईएकको छ।
तत्काल अस्थायी रुपमा व्यावस्थापन गर्ने र पछि बजारको लागि उचित स्थान खोजेर स्थायी समाधान निकाल्ने गरि कार्य अगाडि बढेको जनकपुरधाममा प्रमुख मनोज साहले बताए । साहका अनुसार आज बृहत्तरक्षेत्र विकास परिषद जनकपुर , जिल्ला प्रहरी कार्यालय धनुषा, जानकी प्रहरी चौकी, सम्बंधित वडाका वड़ा अध्यक्ष , युवा अगुवा लगायत नागरिक समाज समेतको उपस्थितिमा तीन दिन भित्रै अस्थायी रुपमा व्यावस्थापन गर्ने निर्णय भएको जनाए ।