भदौ ५ गत्ते ,काठमाडौं ।
नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
शुक्रबार राति निधन भएका गिरीको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
उनको अन्त्येष्टिमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए ।
पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरीको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।स्व.गिरीलाई उनका छोरा सन्तोष गिरीले दागबत्ती दिए ।
घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरीको शनिबार राति साढे ९ बजे ७५ वर्षको उमेरमा निधन भएको थियो । गिरीको अन्त्यष्टिमा नेपाली कांग्रेसका सभापति,केन्द्रीय समिति पदाधिकारी, मन्त्रीगण, सांसद, नेता तथा कार्यकर्ता, शुभेच्छु र समाजका विभिन्न क्षेत्रका व्यक्तिको पशुपति क्षेत्रमा बाक्लो उपस्थिति थियो ।