भदौ ५ गत्ते,काठमाडौं ।
नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको निधनमा भारतको बिहारका मुख्यमन्त्री नीतिश कुमारले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले गिरि एक दार्शनिक र समाजवादी विचारक रहेको टिप्पणी गरेका छन्।
‘उहाँले राजनीतिक सीमाभन्दा पर रहेर सबै विचारधाराका राजनीतिक दलहरुको सम्मान र आदर गर्नुभयो,’ उनले लेखेका छन्, ‘उहाँको आत्मालाई भगवानले शान्ति प्रदान गरुन’