सात दिनभित्र फुटपाथ व्यवशायीको समस्या समाधान हुनेः मेयर साह

0
222

 

भदौ ४ गत्ते,जनकपुरधाम ।
घनश्याम मिश्र ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले ट्राफिक व्यवस्थापनकै लागि फुटपाथ व्यवशायलाई निरुत्साहित गरिएको स्पष्ट गरेका छन ।
पत्रकारहरुले सामाजिक संजालमा तस्वीर पोष्टाएपछि र विभिन्न संचारमाध्यममा समाचारहरु आएपछि आफ्नो ध्यानाकर्षण भएको मेयर साहले बताए ।
ट्राफिक व्यवस्थाप्नका मूख्य बाधक फुटपाथ व्यवशाय तथा छाडा चौपाया रहेकोले तत्कालै आफुले यी दुई समस्यालाई समाधान गर्नतिर लागेको बताए । नेपाल पत्रकार महासंघ धनुषा शाखाले आयोजना गरेको सरोकारवाला सँग संवाद कार्यक्रममा बोल्दै मेयर साहले भने –फुटपाथ खाली हुनुपर्छ तर जानकी मन्दिरमा पुजापाठका लागि आवश्यक फुलमाला,प्रसाद,सिन्दूर,टिका तथा चुराका पसललााई व्यवस्थापन गर्नका हामीले ७ दिनको समय लिएका छौं र उनीहरुलाई जानकी मन्दिर वरिपरि नै व्यवस्थापन गर्न तिर लागिपरेका छौं । त्यस्तै छाडाचौपाया ,फुटपाथ व्यवशाय तथा पार्किगंको लागि उपमहनगरपालिकाले ६ महिना भित्रमा स्थायी समाधान गर्ने वाचा मेयर साहले गरे । छाडाचौपाया नियन्त्रणका लागि गौशालाको शिलान्यास गरिसकेको तथा पार्किगं र फुटपाथ व्यवशायका लागि गुठीको जमिन लिजमा लिइसकेको बताउँदै मेयर साहले भने फोहोर व्यवस्थापनका लागि जनकपुरधाम ४ बाट पीपीपी (पब्लिक प्राइवेट पार्टनरसिप ) अन्तर्गत सम्झौता गरिसकेको र छिट्टै नै यो समस्या पनि समाधान हुने विश्वास व्यक्त गरे ।
परिक्रमा सडक भित्र माछा,मासु,मदिरा बेचबिखनलाई प्रतिबन्ध लगाउन पालिका उद्दत रहेको तथा यसमा जनकपुरवासीलाई साथ दिन मेयर साहले आग्रह गर्नुभयो । ल्याण्डफिल साइटको खोजी पनि लगभग भैसकेको र छिट्टै नै यसको पनि समाधान गरेर छाडछु उनले बताए ।

आफ्नो ३ महिने कार्ययोजना सुनाउँदै मेयर साहले भने पालीकाको केही ऐन,कानूनहरु निर्माणकै क्रममा छ,ऐन बनिसकेपछि जनकपुरधाम उपमहानगरपालिका संचारमैत्री रहेको आभाष यहाँहरुले पक्कै नै गर्नुहुनेछ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here