दिल्लीका उपमुख्यमन्त्रीको घरमा सिबिआइको १४ घण्टे छापा

0
23

भदौ ४ गत्ते, जनकपुरधाम ।

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाको घरमा सिबिआइले करिब १४ घण्टा छापा हानेको छ।

घरमा सिबिआइको टोली पुगेको जानकारी सिसोदिया आफैंले सामाजिक सञ्जाल ट्विटरमार्फत दिएका थिए ।

ट्विटरमा उनले लेखेका छन्,‘सिबिआइ पुगेको छ। उनीहरूलाई स्वागत छ।’

आफ्नो सरकरालाई इमानदार बताउँदै उनले राम्रो काम गर्नेलाई हैरान पार्ने काम भइरहेको जिकिर गरेका छन्।

‘हामी सिबिआइलाई स्वागत गर्छौं। सत्यतथ्य बाहिर ल्याउन जाँचमा पूरा सहयोग रहन्छ। अहिलेसम्म म माथि कैयौं मुद्दा हालियो। तर, केही निस्किएन। अहिले पनि केही निस्किनेवाला छैन। देशमा राम्रो शिक्षाका लागि मेरो कामलाई रोक्न सकिँदैन।’

दिल्लीका शिक्षा र स्वास्थ्यमन्त्रीको राम्रो कामबाट यिनीहरू हैरान भएको सिसोदियाले दाबी गरेका छन्।

‘यिनीहरू दिल्लीका शिक्षा र स्वास्थ्यमन्त्रीको राम्रो कामबाट आत्तिएका छन्। त्यसैले यहाँका स्वास्थ्य र शिक्षामन्त्रीलाई हैरान पारिररहेका छन्। अदालतमा सत्य कुरा पक्कै पनि बाहिर आउनेछ,’ उनले भनेका छन्।

मनी लौड्रिङसम्बन्धी एक मामिलामा दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन विगत केही दिनदेखि प्रवर्तन निर्देशनालयको हिरासतमा छन्।

सिसोदियाको घरमा सिबिआइले छापा हानेपछि मुख्यमन्त्री अरबिन्द केजरीवालले केन्द्र सरकारको आलोचना गरेका छन्।

केजरीवालले सामाजिक सञ्जालमा लेखेका छन्,‘दिल्लीको शिक्षा र स्वास्थ्य मोडेललाई विश्वले चर्चा गरिरहेको छ। त्यसलाई केन्द्र सरकार रोक्न चाहिरहेको छ। त्यसैले छापामारी र गिरफ्तारी भइरहेको छ।’

अमेरिकाको सबैभन्दा ठूलो अखबार न्युयोर्क टाइम्सले पहिलो पृष्ठमा दिल्लीको शिक्षा मोडेलको प्रशंसा गर्दै सिसोदियाको तस्बिर छापेकै दिन केन्द्र सरकारले उनको घरमा सिआइबी पठाएको केजरीवालले भनेका छन्।

मनि लन्ड्रिङ मामिलामा दिल्लीका स्वास्थ्यमन्त्री जैनको गिरफ्तारी लगत्तै मुख्यमन्त्री केजरीवालले अब सिसोदियालाई पक्राउ गर्ने तयारी भइरहेको दाबी गरेका थिए।

मदिरा घोटालामा उपमुख्यमन्त्री सिसोदिया सहित १५ जनामाथि सिबीआईले आरोप लगाएको छ ।

सिबीआईको एफआइआरमा

१.मनीष सिसोदिया, डिप्टी सीएम, दिल्ली
२.आर्व गोपी कृष्ण, तत्कालीन एक्साइज कमिश्नर
३. आनंद तिवारी, एक्साइज डिप्टी कमिश्नर
४.पंकज भटनागर, असिस्टेंट एक्साइज कमिश्नर
५. विजय नैयर,सिईओ, एंटरटेनमेंट इवेंट मैनेजमेंट कंपनी, मुंबई
६.मनोज राय, पूर्व कर्मचारी, पेर्नोड रेकोर्ड
७.अमनदीप ढाल, डायरेक्टर, ब्रिंडको सेल्स प्राइवेट लिमिटेड, महारानी बाग
८.समीर महेंद्रु, मैनेजिंग डायरेक्टर, इंडोस्प्रिट ग्रुप, जोरबाग
९.अमित अरोड़ा, बडी रिटेल प्राइवेट लिमिटेड, डिफेंस कॉलोनी
१०.बडी रिटेल प्राइवेट लिमिटेड
११.दिनेश अरोड़ा, गुजरावाला टाउन, दिल्ली
१२.महादेव लिकर, ओखला इंडस्ट्रियल एरिया
१३.सनी मारवाह, महादेव लिकर
१४.अरुण रामचंद्र पिल्लई, बंगलुरु, कर्नाटक
१५.अर्जुन पांडेय, गुरुग्राम फेस(३, डीएलएफ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here