जनकपुरधाममा झडप पछि पक्राउ परेका ९ जना छुटे

0
100

भदौ ४ गते,जनकपुरधाम ।

जनकपुरधाममा झडप पछि पक्राउ परेका ९ जनालाई प्रहरीले छोडेको छ ।

शुक्रबार दिउँसो पक्राउ परेका उनीहरुलाई साँझमा जनकपुरधाम(७ का पुर्व वडाअध्यक्ष जानकी राम साह,युवा नेता सुशिल कर्ण तथा सरोज मिश्र लगायतका पहलमा जिल्ला प्रहरी कार्यालय धनुषाले छोडेको हो ।

जानकीचोकमा सडकमा लगाएको ठेला हटाउने विषयमा विवाद हुँदा झडप भएको थियो ।

कृष्णाष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न सडक छेउमा फुटपाथ व्यापारीले लगाएको ठेला हटाउन नगर प्रहरीले बल प्रयोग गरेको र सोही क्रममा व्यापारी र नगरप्रहरीबीच झडप भएको जानकी चोकका स्थानीयले बताएका छन् ।

नगरप्रहरीले बल प्रयोग गरेको देख्दा स्थानीय युवाहरू पनि आक्रोशित भएका थिए ।

सोही क्रममा भनाभन भई झडप भएको थियो ।

झडप भएको खबरपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको प्रहरी टोलीले जानकी चोकका किशन मण्डल, कन्हैया दास, सुभाष साह, सोनु साहलगायतका ९ जनालाई नियन्त्रणमा लिएको थियो ।

जनकपुरधाम उपमहानगरले फुटपाथ खाली गराएपनि व्यववस्थापन नगरेको भन्दै व्यवसायीहरु आन्दोलनमा छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here